काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भएको छैन । यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद ।

फेसबुकमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0