
काठमाडौं २५ साउन २०८०, काठमाण्डौको कपनस्थित साततले मिलचोकमा माहानगरको डोजर चलेको छ । स्थानियले डोजर चल्न नदिएपछी नगर प्रहरी र स्थानियको बिचमा चर्कार्ची भएको हो । संयौँको संख्यामा आएका नगर प्रहरीलाई स्थानियहरुको भिड थाम्न मुस्किल परेको थियो ।
पानी पर्दा डुबानले हैरान भएको भन्दै स्याब खनेर पानी निकास दिन गएको माहानगरको जोडरलाई स्थानियले चल्न नदिएपछी यहाँ तबानको स्थिती सृजना भएको छ । स्ल्याब नखनी डुबान कम नहुने भनाई नगर प्रहरी छ भने स्ल्याब खन्दा घरहरु भत्किने भएकाले खन्न नपाईने माग स्थानियको रहेको छ
यहाँको क्षेत्र पानी पर्दा खहरे खोलाजस्तो देखिन्छ भने घामलाग्दा बगर जस्तो देखिन्छ । ठुलो पानी पर्दा यहाँ थामिनसक्नुको डुबान हुन्छ । डुबानका कारण कहिले मोटरसाईकल बगाउने कहिले मान्छे नै बगाउनेसम्मका दृश्य यहाँ देखिन्छन् । आकाशमा बादल टम्म लागेपछी यहाँका छेउछाउका सटरहरुपनि ठम्म पानुपर्ने समस्या यहाँका स्थानियको छ । यहाँ जम्मा भएको पानी जमिनमा रिचार्ज हुन नपाएकाले बढी डुबान भएको भन्दै यो बाटोको स्याल्ब हटाउन आज माहानगर सयौँको संख्यामा नग्र प्रहरी र डोजर लिएर कपन पुगेको छ । डोजर पुग्नासाथ आफुलाई हिड्ने बाटो नहुने, र घरहरु भत्किन सक्ने भन्दै स्थानियहरु चर्काचर्की रुपमा बिरोधमा उत्रिएका छन् ।
बाकि भिडियोमा हेर्नुहोस् ।
