
साईकल सिकाउने देखि सिलाई बुनाई सम्मका कार्यक्रम संचालन
२७ साउन, काठमाडौं । काठमाण्डौ माहानगरपालिका बडा नं १५ को सहयोग तथा स्वयम्भु डल्लु साईकल पुचको आयोजनामा संचालन भएको १ महिने साईकल प्रशिक्षणको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा वडा नं १५ ले यसअघी दिएको बुनाई,उद्घोषण सरफ बनाउने तालिमका सहभागीलाई प्रमाणपत्र बितरण पनि गरिएको थियो । सिप सिकौ आत्मनिर्भर बनौ भन्ने उदेश्यका साथ संचालन गरिएको तालिमको आज समापन क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं पुर्ब सभाषद जीवनराम श्रेष्ठले वडा नं १५ ले महिला सशक्तिकरण लागि गरेको यो काम तारिफयोग्य रहेको बताउनुभएको छ । यस्ता तलिमले महिलाहरुलाई सशक्त स्वरोजगार बनाउने भएकाले वडा नं १५ को यस नमुना कामको सिको अन्य पालिकाहरुले पनि गर्नुपर्नेे कुरामा जोड दिनुभयो ।

तालिम लिएका प्रशिक्षार्थीहरुले कार्यक्रममा बोल्दै यस किसिमको आधारभुत तालिमले आफुहरुमा आत्मबिश्वास बढाएकाले आगामी दिनमा पनि आधारभुतमात्र नभई एडभान्स तालिम पनि दिन वडा अध्यक्ष समक्ष माग पनि गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रका बिशिष्ट अतिथी समेत रहेका वडा नं १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले आगामी दिनमा पनि महिला लक्षित कार्यक्रम संचालन गरिने बताउनुभएको थियो ।कार्यक्रममा साईकल सिक्ने ५५ जना प्रशिक्षार्थीलाई सम्मानपत्र बितरण गरिएको थियो । साईकल तालिमको संयोजन सोही वडाका सदस्य मैयालक्ष्मी महर्जनले गनुभएको थियो भने कार्यक्रमको संचालन वडा सचिब शुसिल सुबेदीले गर्नुभएको थियो ।


