१५ भदौ २०८०, काठमाण्डौ

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल (RAAN) ले आफ्नो प्रथम बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । RAAN ले बार्षिकोत्सबको अबसरमा बृद्धाआश्रममा खाद्यान्य तथा औषधी बितरण गरेको छ । ललितपुर जिल्ला स्थित मानवसेवा आश्रममा पुगेर RAAN ले चामल,तेल,दाल,चना,जुस,बिष्कुट चकलेट लगाएतका खाद्य सामाग्री बितरण गरेको छ । त्यस्तै अविपतिकर चूर्ण,अश्वगन्धा चूर्ण,पेनरिलिफ क्रिम,कफवास सिरफ,निमसावुन लगाएतका आयुर्बेदिक औषधी पनि बितरण गरेको छ । सडक पेटीमा सार्बजनिक जीवन बिताईरहनु भएका बा आमाहरुको आश्रय स्थल बनेको मानवसेवा आश्रमले राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालका अतिथीहरुलाई टिका तथा खादा लगाई आश्रममा स्वागत गनुभएको थियो ।

कार्यक्रम राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल (RAAN) का केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराईको अध्यक्षता तथा केन्द्रिय माहासचिब हृदयनारायण चौधरीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमा बोल्दै RAAN का केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराईले नेपालमा आयुर्बेद क्षेत्रको बिकास तथा बिस्तारका लागि राज्यलाई घचघचाउन र जिम्मेवार बन्न दबाब दिने उदेश्यले राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गठन भएको बताउनुभएको छ । साथै उहाँले देशमा हाल भईरहेको आर्थिक मन्दिका कारण अन्य ब्यबसायीहरु जस्तै आयुर्वेद ब्यबसायीहरु पनि बिदेश पलायन भईरहेको जानकारी गराउँदै यस बिषयलाई गम्भिरताका साथ लिदै आखा खोल्न सरकारलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा RAAN का बाग्मती प्रदेश उपाध्यक्ष शिब श्रेष्ठ, RAAN का केन्द्रिय महिला सचिब जयन्ती शिवाकोटी,कोषाध्यक्ष सपना खत्री,महिला सदस्य आरती चौधरी ललितपुर जिल्ला उपाध्यक्ष जिबित महर्जन लगाएत काठमाण्डौ,भक्तपुर र ललितपुरका सदस्यहरु र आयुर्वेदकर्मी चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

बार्षिक उत्सबकै अबसर पारेर चितवनमा मानबसेवा आश्रम,स्यडोज कटेज बुटबल,ह्याप्पी आयुर्वेदिक मेडिकल धरान,अमोर सेवा नेपाल स्याङजा,सुखायु आयुर्वेद उदयपुर,आरोग्य आयुर्वेद बिरगंजमा पनि बिभिन्न कार्यक्रमहरु गरिएको राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल (RAAN) का केन्द्रिय माहासचिब हृदयनारायण चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0