१८ भदौ २०८०

काठमाण्डौ माहानगरपालिकाका मेयर बालेन शाहले सिहंदरबार जलाईदिन्छु भनेर धम्किपुर्ण रुपमा लेखेको स्टाटस अन्तत हटाएका छन् । अर्थात आफ्नो फेसबुक बालबाट भर्खरमात्र डिलिट गरेका छन् । उनले यो स्टाटस डिलिट गरेपश्चात के बुझन सकिन्छ भने चौतर्फी आलोचना खेप्न नसकेर अन्तत उनेले घुडा टेकेका छन् । दर्शकबृद्ध उनले यसो किन गरे त ? उनले स्टाटस राख्ने बित्तिकै धेरै नेगेटिभ कमेन्टहरु आएका थिए । कति ले त पत्ताएकै पनि थिएनन । के यो तिनै ३ करोड नेपालीले आशा गरेका बालेन नै हुन त भनेर धेरैलाई सोचमग्न बनाएको थियो । शनिबारको दिन मध्यरातमा,

आजलाई केही भएन,भोलिबाट हाम्रो माहानगरको कुनै पनि गाडी सरकारबाट रोकियो भने,

सिहंदरबारमा आगो लगाईदिन्छु,

याद राख चोर सरकार ।

भनेर बालेनको स्टाटस आउँदा धेरैले अनुमान गरेका थिए कतै फोहोर फाल्ने गाडी माहानगरले अबरोध त गरेन ? कतै टहरा भत्काउन हिडेको जोडरमाथी केरकार त भएन ? तर कुरा अर्कै थियो । यसको कारण थाहापाएपछी झनै बालेनका प्रशसंकहरुले उनको बिरोध गर्न थाले । चौतर्फी आलोचना हुन थाल्यो । पारिबारीक प्रायोजनका लागि सरकारी गाडीको प्रयोग गर्ने अझ उल्टो सिंहदरबारमा आगो लगाईदिन्छु भनेर धम्क्याउने ? यो स्टाटस उनका लागि भारी पर्ने देखियो । दर्शकबृद्ध यो स्टाटस राखेबापत उनलाई साईबर क्राइमको मुद्धासम्म चल्न सक्ने देखियो ।

त्यसकारण हक्की र जिद्धी स्वभाबका बालेन सबै प्रशसंक आलोचकको सामु घुडा टेक्दै स्टाटस डिलिट गर्न बाध्य भए । के अब स्टाटस डिलिट गरेर मात्र उनी उम्कन सक्लान त ? के अब उनलाई साईबर क्राईम मुद्धा लाग्न सक्ला ? वा मानहानी सम्बन्धी केश गर्ने ठाँउ रहला ? त्यो त आगामी दिनहरुले बताउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0