

काठमाडौंको बागमती किनारमा एक जना युवक मृत भेटिएका छन् । बुधबार बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका–३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनारमा झाडीमा युवक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको प्रहरीको भनाइ छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।
घटनास्थलबाट प्रयोग भएको सिरिञ्ज पनि बरामद भएको छ । प्रारम्भिक अनुसन्धानबाट शरीरमा अन्य चोट नदेखिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले मृतकको फोन पनि बरामद गरेको छ ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि आज बिहान साढे ८ बजे महाराजगंजस्थित शिक्षण अस्पताल पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
201
+1
+1
+1
