२२ बैशाख, २०८१
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकाका नेपाली कांग्रेस सभापती देबी बहादुर बुढाथोकीले स्थानीयहरुको हस्ताक्षर किर्ते तथा जालसाजी गरेको आरोपमा जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्धा दायर भएको छ ।
भोटेकोशी गाउँपालिका कार्यालय, गाउँपालिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष लगायतलाई विपक्षी बनाइ २०८१ बैशाख ४ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दा आफ्नो हस्ताक्षरलाई किर्ते गरेको पाइएकोले जिल्ला अदालतको ढोका ढकढकाउन बाध्य भएको मुद्दा दायरकर्ता राजेन्द्र थामीले बताए ।
प्रचलित कानुन र प्रकृया पूरा गरी स्थानीयसँग समन्वय गरी कार्य गरीरहेका जलविद्युत आयोजनालाई सभापती बुढाथोकीले पटक पटक मुद्दा हाली हैरान बनाउने गरेको आरोप राजेन्द्र थामीको छ ।
स्थानीयलाई रोजगारी प्रदान गरी आयआर्जन वृद्धिमा सहयोग पु¥याइरहेका र गाउँपालिकाको आय बजेटमा मुख्य योगदान पु¥याउने विभिन्न जलविद्युत आयोजनाको निमार्ण कार्यमा अवरोध पु¥याउने गरेको एक स्थानीय बासीन्दाले आरोप लगाएका छन् ।
सभापती देबी बहादुर बुढाथोकीले बाटो निर्माण गर्न परेको बजेटलाई फ्रिज गराउन अदालतमा मुद्दा दायर गरेको र विकास निर्माणका कार्यलाई अवरोध पु¥याएको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0