
२८ बैशाख, २०८१
स्थानियको किर्ते हस्ताक्षर सहित उच्च अदालत पाटन हुँदै सर्बोच्च अदालतमा मुद्धा दायर गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकाका नेपाली काङग्रेस सभापती देबीबहादुर बुढाथोकीको मुद्धा सर्बोच्च अदालतले पनि अन्तत खारेज गरिदिएको छ । प्रक्रिया पुर्याएर सिन्धुपाल्चोक जिल्लामा संञ्चालन अनुमती पाएको भोटेकोशी-१ जलबिधुत आयोजनाका बिरुद्ध ब्यक्तिगत स्वार्थसहित आयोजनाको अनुमतीपत्र र ईआईए बदरको मागसहित उनले केही दिन अघी सर्बोच्चमा मुद्धा दर्ता गरेका थिए । यसअघी पनि उनले सोही बिषयमा उच्च अदालत पाटनबाट मुद्धाको ब्यहोरिसकेका छन् ।
मुद्धाको हार सहन नसकी पुनः सर्बोच्च अदालतमा मुद्धा दर्ता गर्न पुगेका उनलाई सर्बोच्च अदालतले समेत बिषक्षमा फैसला गरेको श्रोतले जानकारी दिएको छ । हरेक बिकास निमार्णका काममा कुनै न कुनै बाहानाले अबरोध सिर्जना गर्ने र त्यसको बिरोधका लागि स्थानियको किर्ते हस्ताक्षर समेत गर्न पछी नपर्ने उनको प्रबृतीबाट आफुहरु हैरान भएको स्थानिय राजेन्द्र थामीले बताए ।
