नेपाली काङग्रेस सभापती देवी बहादुर बुढाथोकी
नेपाली काङग्रेस सभापती देवी बहादुर बुढाथोकी

२९ बैशाख २०८१

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका नेपाली काङग्रेस सभापति देबी बहादुर बुढाथोकीले आफु बिरुद्धको मुद्धा फिर्ता लिन स्थानिय राजेन्द्र थामीलाई दबाब दिएका छन् । हस्ताक्षर किर्ते गरेर निबेदक बनाएको र वारेस नियुक्त गरेको आरोपमा थामिले बुढाथोकी बिरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकमा केही दिन पहिला मुद्धा दायर गरेका थिए । बुढाथोकीले स्थानिय राजेन्द्र थामी लगाएत अन्यको हस्ताक्षर किर्ते गरी भोटेकोशी १ जलबिधुत आयोजनाको बिरुद्धमा सर्बोच्च अदालतमा मुद्धा दायर गरेको भएपनि बैशाख २८ गते अर्थात हिजो अदालतले उनको बिपक्षमा आदेश जारी भएको थियो ।

सर्बोच्च अदालतबाट हार ब्यहोरेपछी भने बुढाथोकी अब आफु फस्ने डरले आफु बिरुद्धको मुद्धा फिर्ता लिन निबेदक राजेन्द्र थामीका बुबा कृष्ण बहादुर थामीलाई मानसिक दबाब दिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कृष्ण बहादुर थामीका अनुसार बुढाथोकीले तेरो छोरा कहाँ छ ? चिनेको छस नी मलाई..? खुरुक्क मेरो बिरुद्ध हालेको मुद्धा फिर्ता गर्न लगा, नत्र नराम्रो परिणाम भोग्नुपर्ला भन्दै धम्कीपुर्ण भाषाहरु प्रयोग गरेका छन् ।

यसले आफु र आफ्नो परिवारलाई मानसिक चिन्ता बढेको थामीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0