अनुहारलाई चम्किलो बनाउने ५ उपाय
अनुहारलाई चम्किलो बनाउने ५ उपाय

५ असार २०८१, बुधबार

काठमाडौं– राम्रो हुन कसलाई मन लाग्दैन र ? आफू सुन्दर देखिन सबैले प्रयास गर्दछन् । मानिसको पहिलो परिचय नै उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

१ अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

२ बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहो¥याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

३ अनुहारको छाला सुख्खा र खस्रो छ भने दूध र मह मिसाएर लगाउने गरेमा सुख्खापन हराउँदै जान्छ । यसका लागी एक चम्चा दूधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

४ मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखरता ल्याउन सक्छ ।

५ टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरूका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0