नेपाली काङग्रेस सभापती देवी बहादुर बुढाथोकी
नेपाली काङग्रेस सभापती देवी बहादुर बुढाथोकी

५ बैशाख, २०८१

आफु बिरुद्धको किर्ते जालसाजी मुद्दा फिर्ता लिन ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी भए पश्यात फरार रहेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका नेपाली काङग्रेस सभापती देवी बहादुर बुढाथोकीको व्यापक खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएका उनलाई छिट्टै पक्राउ गर्ने कार्यमा सम्पुर्ण प्रहरी प्रशासन लागेको प्रहरीले जनाएको छ ।

बुढाथोकीले स्थानीयहरुको किर्ते सहिछाप गरेर प्रधानमन्त्री कार्यालय देखि भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधीलाई समेत सर्वोच्च अदालतमा मुद्दा हालेको र सो मुद्दा हाल्दा आफ्नो हस्ताक्षर किर्ते गरेको पाएपछी स्थानीय राजेन्द्र थामीले बुढाथोकी बिरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । त्यही मुद्दा फिर्ता लिन बुढाथोकीले थामीको बाबु कृष्ण बहादुर थामीलाई दुरव्यावहार गरी ज्यान मार्ने धम्की समेत दिएका थिए ।

फरारको सुचीमा रहेको बेला समेत बुढाथोकीले आफ्नो रिसिबी साध्न भोटेकोशी गाउँपालिकामा निमार्ण भईरहेको भोटेकोशी – १ जलबिद्युत आयोजनामा केही ब्यक्तीहरु परिचालन गरी आयोजनाको साईट कार्यालय तोडफोड गर्ने, कर्मचारीलाई हातपात तथा दुरव्यावहार गर्ने सम्मको कार्य गरेको आयोजनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0