युक्रेनमाथि रुसी आक्रमणको उत्तर कोरियाली नेता उनको समर्थन
युक्रेनमाथि रुसी आक्रमणको उत्तर कोरियाली नेता उनको समर्थन

असार ५, २०८१ बुधबार

एजेन्सी
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसले युक्रेनमा गरिरहेको आक्रमणको समर्थन गर्नुभएको छ । उत्तर कोरिया भ्रमणमा गएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भएको झन्डै दुई घण्टाको भेटवार्तामा उनले युद्धको समर्थन गर्नुभएको रोयटर्सले जनाएको छ । यसअघि हतियार लगायत सैन्य सहयोग गरे पनि सर्वोच्च नेता उन युक्रेन युद्धबारे मौन रहनुभएको थियो ।

यसैबीच रुस र उत्तर कोरियाले एक अर्कामाथि कतैबाट आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा सम्झौता भएको बीबीसीले जनाएको छ । दुई वर्षदेखि युक्रेनसँग युद्ध गरिरहेका रुसी राष्ट्रपति पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा हुनुहुन्छ ।

अमेरिका र जी–सेभेन राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्कनुभएका पुटिनले सैन्य सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको रोयटर्सले जनाएको छ । उत्तर कोरियामा २४ वर्षपछि रुसी राष्ट्रपतिको भ्रमण भएको हो । पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0