
६ असार २०८१
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका नेपाली कांग्रेस सभापति देवी बहादुर बुढाथोकी बिहिबार पक्राउ परेका छन् । आफु विरुद्धको किर्ते जालसाँजीको मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्कि दिएको आरोपमा उनि बिरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछी बुढाथोकी फरार थिए ।
गाउँका सोझा सिधा जनताहरुलाई विभिन्न प्रलोभनमा पारी, डर धम्की देखाई आयोजनको हाता भित्र प्रवेष गराई हुल हुज्जत गरि आयोजनालाई तथा कार्यरत कर्मचारीहरुलाई भौतिक क्षती पुर्याउने उदेश्यले आयोजनाको काम बन्द गराउने अनि सामाजिक संजालको चरम दुरुपयोग गरि समाजमा भ्रम फैलाउने काम गर्ने बुढाथोकीको नाममा जिल्ला अदालत सिन्धुपाल्चोकमा किर्ते जालसाँझीको मुद्दा पनि बिचाराधिन अवस्थामा रहेको छ ।
विभिन्न समयमा दायर गरेका मुद्दा, ज्ञापन पत्र तथा निवेदनहरुमा किर्ते हस्ताक्षर गरि बुझाउने गरेको प्रति स्थानीयहरु रुष्ट देखिएका छन् । उनले सर्बोच्च अदालतमा दायर गरेको मुद्दामा पनि सोही तवरले किर्ते हस्ताक्षर गरेको पाईएपछि भोटेकोशी गाउँपालिकाका स्थानियले जिल्ला अदालत सिन्धुपाल्चोकमा किर्ते जालसाँझीको मुद्दा दायर गरेको पाईएको छ । प्रचलित कानून र प्रकृया पुरा गरेर स्थानीयहरुसँग समन्वय गरी विद्युत आयोजना निर्माण गर्छु र स्थानीयहरुको विकास तथा उन्नतिमा हातेमालो गर्छु भनी आएका जलविद्युत आयोजनाहरुलाई उनले पटक–पटक मुद्दा हाली हैरान बनाउने र स्थानीयमा जलविद्युत आयोजनाप्रति नकरात्मक भावना पैदा गर्ने गरेको भोटेकोशी १ जलबिद्युत आयोजनाले जनाएको छ ।
