९ असार २०८१

सिन्धुपाल्चोक जिल्लास्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गरेर बिभिन्न क्षेत्रमा योगदान पुर्र्याएका पुर्व विद्यार्थी समाजद्धारा सोही बिद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री र सास्कृतिक पोशाक वितरण कार्य सम्पन्न भएको छ । श्री महेन्द्रोदय माध्यमिक विद्यालयमा हाल अध्ययन गरिरहेका गरिब,असाहाय र जेहेन्दार तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक लाख १६ हजार नगद बरावरको सामाग्री वितरण गरिएको बिद्यालयले जनाएको छ ।जसबाट ५० जना विद्यार्थी लाभान्वित भएका छन् ।

कार्यक्रम पुर्व विद्यार्थी समाजका पुर्व वरिष्ठ उपाध्यक्ष, भुतपुर्व वडाध्यक्ष तथा सोही बिद्यालयका भुतपुर्व बिधालय ब्यवस्थापन समिती अध्यक्ष रामकुमार थापाको अध्यक्षता र बिद्यालयका प्रधान संरक्षक रामशरण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त छात्रवृत्ति वितरणका लागि कार्यक्रमका प्रमुख अतिथि पुर्ब व्यवस्थापन समिति अध्यक्ष रामशरण कार्की,व्यवस्थापन समिति अध्यक्ष रेशम पाख्रिन, नेपाली कांग्रेस सुनकोसी सभापति रुपकाजी लामा,रबिन्द्र भण्डारी,ईन्द्रबहादुर तामाङ,विष्णु थापा रामकुमार बस्नेत ,बुद्व लामा, भिमसेन भण्डारी,उद्वब भण्डारी,विनोद कार्की, वीर ब. थापा , हरि कार्की,मिङ्ग लामा, लगाएतको सहयोग रहेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रामशरण कार्कीले बिद्यालयको हितका लागि सामाजिक कार्य गर्ने र खेलकुद कार्यक्रम गर्न महत्वपुर्ण साथ दिने बताउनुभयो । त्यसैगरी कार्यक्रमका अध्यक्ष एवं पुर्व विद्यार्थी समाजका पुर्व वरिष्ठ उपाध्यक्ष, भुतपुर्व वडाध्यक्ष तथा सोही बिद्यालयका भुतपुर्व बिधालय ब्यवस्थापन समिती अध्यक्ष रामकुमार थापाले आगामी दिनमा पनि बिद्यार्थीहरुका लागि यस्तै कार्यक्रमहरु गर्दै जाने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0