सुनकोशी गाउँपालिकाको गाउँसभा
सुनकोशी गाउँपालिकाको गाउँसभा

१४ असार २०८१,
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिकाको गाउसभा स्थगित भएको छ । असार १० गतेभित्र आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी ब्यवस्था भएपनि आन्तरिक बिवाद र असन्तुष्टिका कारण गाउसभा स्थगित भएको श्रोतले जनाएको छ ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले कार्यपालिका बैठकमा छलफल नगरीकनै एकलौटी रुपमा निति तथा कार्यक्रम, बजेट बनाएकोमा असन्तुष्टि जनाउँदै असार १० गते राखिएको गाउँसभामा कार्यपालिकाका ३१ जना जना सदस्य अनुपस्थित भएका थिए ।
१० गते सम्पन्न हुन नसकेको गाउँसभा कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी अध्यक्ष तिमल्सिनाले असार २६ गतेलाई सारेको आरोप कार्यपालिका सदस्यहरुको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्था अनुसार स्थानीय पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0